काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दा म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेस र जेसी लिङ्गार्डले एक गोल गरे । उता न्युक्यासलका लागि जेभिएर मनाक्युलोले एक गोल गरे ।
पहिलो हाफको इन्ज्यूरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । यो सिजन मात्र इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड आएका रोनाल्डोले डेब्यु खेलमा गोल गरेका हुन् ।
पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ६२औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले २–० गोलको अग्रता बनायो ।
यता न्युक्यासलका लागि जेभिएरले ५६ औं मिनेटमा गोल गर्दै टिमलार्य २–१ गोलको अवस्थामा लिए । ८०औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३–१ गोल अवस्थामा ल्याए ।
खेलको इन्ज्यूरी समयमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई ४–१ गोलको जित दिलाए ।
जितसँगै लिगमा चार खेल खेलेको युनाइटेडले १० अंक जोडेको छ । युनाइटेड तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीको ९ अंक छ ।