क्लासिक मोटरसाइकलको लेजेण्ड ब्राण्ड मानिदै आएको रोयल इनफिल्डको नया मोटरसाइकल मेटोर ३५० नेपाल आउने भएको छ । भारतमा निक्कै सफल भएको यस मोडल अन्तत नेपाल आउने पक्कापक्की भएको हो ।
मेटोर ३५० ले ‘इन्डियन मोटरसाइकल अफ दि इयर’, सिएनवीसी अवार्ड, इन्डियन मोविलिटी अवार्ड, अटोकार अवार्ड जस्ता अधिकांश अवार्ड जितिसकेको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले नेपाली बजारमा मेटोर ३५० उतार्ने तयारी गरिरहेको छ ।
रोयल इनफिल्ड कै क्लासिक मोडल भन्दा निक्कै रिफाइन इन्जिन रहेको मेटोर ३५० मा कनेक्टेड फिचर पनि रहेको छ । स्मार्ट फोन कनेक्ट गर्न सकिने इन्स्ट्रुमेन्ट कन्सोल प्रयोगमा ल्याएको छ । यसमा चालकले टर्न वाई टर्न नेभिगेशनको प्रयोग गर्न सक्नेछन् ।
यस मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ६ हजार १०० आरपीएममा २०.२ बीएच पावर तथा ४ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ । दुवै टायरमा डिस्क ब्रेक रहेको यस मोटरसाइकलमा ५ स्पिडको गियरबक्स रहेको छ ।
अन्य रोयल इनफिल्डको झैँ मेटोर ३५० को पनि तौल धेरै नै रहेको छ । यसको कुल तौल १९१ किलोग्राम रहेपनि सिट हाइट भने क्लासिकको भन्दा कम ७६५ एमएम मात्र रहेको हुदा जुनसुकै हाइटको मानिसले पनि कन्ट्रोल गर्न सहज हुने देखिन्छ ।
कम्पनिले यसको मूल्य ६ लाख रुपैया हाराहारीमा निर्धारण गर्ने अनुमान गरिएको छ ।