चितवन। नेपाली काँग्रेसलाई स्व. नेतृ शैलजा आचार्यले देखाएको निष्ठाको बाटोमा हिडाउनु आजको आबश्यकता रहेको काँग्रेस नेताहरुले बताएका छन् । शैलजा आचार्य स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयले आज यहाँ आयोजना गरेको १५ औं स्मृति दिबसको अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले काँग्रेसलाई आचार्यको निष्ठा र उहाँको बिचारका साथ अघि वढाउन सके जनताको प्रिय बनाउन सकिने बताउनुभएको हो ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेता तोपमान सिंह गुरुङ, प्रदेश सभा सदस्य उत्तम जोशीले काँग्रेसलाई बलियो वनाएर लैजानका लागि आचार्यको जीवन शैली र सिद्दान्तलाई अंगाल्नु आबश्यक रहेको बताउनुभयो । आचार्य एक आदर्श महिला नेतृ भएकाले उहाँको इतिहास कसैले भूल्न नहुने उहाँहरुले बताउनुभयो । देश र जनता प्रति समर्पित नेताको रुपमा आचार्यलाई चिन्ने गरिएको भन्दै उहाँले यसलाई अटल राख्न आबश्यक रहेको बताउनुभयो ।
प्रतिष्ठानकी अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य देवकी गौतम, छलि कुमारी शर्मालगायत ले आचार्यको जीवनबाट काँग्रेसले सिक्नु पर्ने धेरै कुरा रहेको बताउनुभयो ।