चितवन । रियल ड्रिम्स एजुकेशन कन्सन्टेन्सी चितवनले जुन १५ अर्थात असार १ गते शनिबार एड्मिसन डे’ गर्ने भएको छ । अध्ययनका लागि युके जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै रियल ड्रिम्सले एड्मिसन डे’ गर्ने भएको हो ।
एड्मिसन डे भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको भिभन्ता होटलमा हुने रियल ड्रिम्स चितवनका ब्रान्च म्यानेजर रामबाबु अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम बिहान १० बजे सुरु भई दिउँसो ४ बजेसम्म चल्ने अधिकारीले बताउनुभयो ।
कार्यक्रममा युकेका उत्कृष्ट ६ युनिभर्सिटीका प्रतिनिधिहरु उपस्थित हुनेछन् । अधिकारीका अनुसार योर्क सेन्टजोहन युनिभर्सिटी, युनिभर्सिटी अफ वर्सेस्टर, युनिभर्सिटी अफ ईष्ट लण्डन, युनिभर्सिटी कलेज बर्मिङघम, युनिभर्सिटी अफ क्रियटिभ आर्ट्स र अक्स्फर्ड इन्टरनेशनलका प्रतिनिधिहरु उपस्थित हुनेछन् ।
उनीहरुले सहभागी विद्यार्थीहरुलाई परामर्श दिनेछन् । कार्यक्रममा दुई सय भन्दा बढी विद्यार्थीहरु उपस्थित भई परामर्श लिने अनुमान गरिएको छ । युकेका युनिभर्सिटीहरुमा अध्यापन हुने बिषय, छात्रवृत्ति, लागत, नीति नियम, संस्कार सँस्कृतिलगायतको बिषयमा आवश्यक परामर्श दिईने ब्रान्च म्यानेजर अधिकारीले बताउनुभयो । विद्यार्थी तथा अभिभावकले युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा भेटेर नै परामर्श लिन सक्ने भएकोले यो कार्यक्रम उपयोगी हुने अधिकारीको भनाइ छ ।
यसले विद्यार्थीहरुलाई आफूले अध्ययन गर्न चाहेको कोर्ष र युनिभर्सिटी छनौटमा सहज हुने उहाँले बताउनुभयो । कागजात पुरा गर्नेहरुलाई कार्यक्रम स्थलमा नै अफर लेटर प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आईएलटिएस, पिटीईलगायतमा बिशेष छुट पाउनेछन् ।
यस्तै कार्यक्रममा सहभागी भई नाम दर्ता गर्ने विद्यार्थीहरु मध्य एक जनाले स्मार्ट फोन जित्नेछन् । स्मार्ट फोनसँगै अन्य उपहार पनि जित्न सक्ने अधिकारीले जानकारी दिनुभयो । यस्तै सहभागी सम्पूर्ण विद्यार्थीले गिफ्ट भाउचर पनि प्राप्त गर्नेछन् । जसबाट आफूलाई पायक पर्ने समयमा भरतपुर ११ स्थित धावन रिक्रियसनमा खाजासँगै स्विमिङ गर्न सक्नेछन् । लायन्सचोक नारायणगढस्थित रियल ड्रिम्सले लामो समयदेखि युके अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।