मेष : सफल यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ। तर, बाहिरी खानपान एवं मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
वृष : आकस्मिक यात्राको अवसर आउन सक्छ। यात्राबाट लाभ मिल्नेछ। प्रेम जीवन सफल रहनेछ। उपकार गरेर अरूको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन : कुनै समाचारले मनमा शान्ति छाउनेछ। रोजगारीको वातावरण बन्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। रोकिएको कामको गाँठो फुक्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
कर्कट : बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। यात्रा फलदायी नहोला। साँझमा भने शुभ समाचार सुन्नमा आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा पनि ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।
सिंह : धार्मिक यात्राको योग छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय उचित छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
भाग्यशाली रङ निलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कन्या : नयाँ कामको थालनी हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमक आउनेछ। पुनर्मिलनको योग छ। मित्र वर्गको सहयोग पाइनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।
तुला : प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृश्चिक : अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
धनु : प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक कार्यमा जित हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। ताकेको पूरा होला।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
मकर : अरूलाई प्रभावित पारेर काम बन्नेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ कार्यको थालनी हुनेछ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ : कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक र सांस्कृतिक सभा-समारोहमा सरिक हुने समय छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन : सुखदुःख बराबरी खालको समय छ। होसियारी नपुर्याएमा समस्या बढ्न सक्छ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। साँझमा भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई लाभ मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ रहेको छ भने भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।