काठमाडौँ । आज कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस । वरिष्ठ पत्रकार तथा साहित्यकार ईच्छुक जनपक्षीय पत्रकार र प्रगतिशील साहित्यकार हुन् ।
प्रगतिशील धाराका साहित्यकार एवं क्रान्तिकारी धाराका पत्रकार इच्छुकको सशस्त्र जनयुद्धका क्रममा तत्कालीन शाही सत्ताद्वारा गिरफ्तारश्चात महेन्द्र पुलिस क्लबमा हिरासतमा चरम यातना दिएर २०५९ जेठ १३ हत्या गरिएको थियो। जनादेश साप्ताहिकका सम्पादक रहेका उनलाई जेठ ७ गते काठमाडौंबाट पक्राउ गरिएको थियाे ।
तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा मारिने उच्च तहका नेतामा इच्छुकको पनि नाम आउँछ। आज इच्छुककाे सम्झना र सम्मानमा प्रेस सेन्टर नेपालले देशभर २२ ओैं स्मृति दिवस विविध कार्यक्रमकासाथ मनाउँदैछ।
प्रेस सेन्टर केन्द्रीय समितिले काठमाडौंमा प्रभातफेरी र पुरस्कार घाेषणा कार्यक्रम गरि मनाउँदैछ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा र सञ्चार मन्त्रीकाे सहभागीता रहनेछ ।