काठमाडौँ। एमालेको अवरोधका बीच सरकारले राष्ट्रिय सभा बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेस गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस गर्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।
दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।
त्यसपछि बैठकले सभासदहरू महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।