चितवन । रत्ननगरको एक फर्निचर पसलमा आगलागी भएको छ । रत्ननगर ३ बिधुत रोडमा रहेको सस्तो फर्निचर पसलमा आगलागी भएको हो ।
आगलागीबाट एकाउन्टेन सेक्सनमा रहेको महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आईसकेको छ ।
पावर सकेटमा विद्युत्त सर्टभई आगलागी भएको पसलका सञ्चालक अनिल अधिकारीले जानकारी दिए । आगलागी समयमै नियन्त्रणमा लिएकाले पसलमा रहेका फर्निचरका सामानहरु जोगिएको उनले बताए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।