मेष: कुनै कुराले मनमा हर्ष छाउनेछ। रोकिएको काम सुचारु होला। कला, साहित्य र सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारको लगानीले राम्रै प्रतिफल देला। सुखद यात्रा हुनेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ४७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: आफ्नो विचार विपरीत निर्णय हुँदा कमजोर अनुभूति हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। मनमा खुलदुली, चिन्ता र चञ्चलता बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। अरूको चियोचर्चो नगर्ने।
मिथुन: दिन मनोरञ्जनपूर्ण रहनेछ। मनको डर हराएर जाला। रमणीय र सुखद यात्रा हुनेछ। पठनपाठनमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक भइनेछ। गरेको कार्य सफल रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय पनि छ।भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।
सिंह: लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ५०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: विचार पुर्याएर निर्णय लिनु राम्रो होला। यात्रामा बाधा आउन सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। तर, मान्यजनको आशीर्वादले काम गर्नेछ।भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
तुला: ठिक समयमा सही निर्णय लिन सकिनेछ। कुनै न कुनै कुराले प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। मान प्रतिष्ठामा वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ।भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक: स्वादिष्ट भोजन ग्रहण गर्न पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्ला। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अनावश्यक विषयमा चासो नराख्ने।
धनु: लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। धैर्य गरी मेहनत गरेमा अप्ठेरो ठानिएको काम पनि फत्ते हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रको काममा सफल योग छ। दाम्पत्य र प्रेम जीवन सुखमय रहनेछ।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।
मकर: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला, झुटा आरोप लाग्न सक्छ। प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर रहला। जिद्दीपनाले गर्दा काम बिग्रने डर पनि छ। साँझमा सबै कुरा मिल्दै जानेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ३७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
मीन: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

