काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जानकारी दिन आज जाँचबुझ आयोग २०८२ को कार्यालयमा जाने हुनुभएकाे छ।
आयोग स्रोतका अनुसार लेखक आज दिउँसो १२ बजे आयोगमा उपस्थित भई घटनाबारे आफ्ना धारणा तथा जानकारी राख्ने कार्यक्रम तय भएको छ।
यसैगरी, लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सञ्चारमाध्यममार्फत थप धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
भदौ २३ र २४ गते घटेका घटनाका विषयमा आयोगले विभिन्न सरोकारवालासँग बयान तथा जानकारी सङ्कलन गरिरहेको छ।

