चितवन । चितवनको इच्छाकमना ४ कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पताललाई थाइराइड, भिटामिन बी र डी परिक्षण गर्ने इम्युनोएस्से अनालाइजर मेसिन हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ चितवन चौतारीले आइतबार एक कार्यक्रमकाबिच अस्पताललाई रु १७ लाख मुल्य बराबरको उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा लायन्स डिस्ट्रिक गभर्नर नवराज सापकोटाले इच्छाकामना पहाडी दुर्गम भूगोल रहेका कारण यहाँका जनताहरुको शिक्षा स्वास्थ्य लगायतमा पहुँच कम भएकोले लायन्सले सहयोग गरेको बताउनुभयो । लायन्सले सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा पनि डेढ करोडको परियोजना सञ्चालनको तयारी गरिरहेको बताउनुभयो ।आगामी दिनमा इच्छाकामनामा आवश्यक थप सहयोगका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनुभयो । पछि परेको भूगोल र समुदायका लागि लायन्सले सहयोग गरिरहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले लायन्स क्लब चितवन चौतारीको सहयोगले यहाँको जनताले थप सेवा पाउने अवसर प्रदान भएकोमा धन्यवाद दिनुभयो । गाउँपालिकाले इच्छाकामनाको नागरिकको स्वास्थ्य सेवाका लागि सबैसँग सहकार्य गरिरहेको बताउनुभयो । गाउँपालिकाले १५ शैयाको अस्पताल भवन निर्माण कार्य गरिरहेको बताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि यहाँका नागरिकको स्वास्थ्य सेवाका लागि थप सहज हुने बताउनुभयो ।
इच्छाकामना आधारभूत अस्पतालका प्रमुख डा.अभिषेक लिम्बुले यस अस्पतालले धादिङ र गोरखाका नागरिकले समेत सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । यस थाइराइड परिक्षण मेसिन उपलब्ध भएसगैँ इच्छाकामना र आसपासका गाउँपालिका नागरिकहरुको उपचारमा थप सहयोग मिलेको बताउनुभयो ।
लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतको पहलमा लायन्सले उक्त मेसिन सहयोग उलब्ध गराएको हो । उहाँले पछिल्लो समय थाइराइडका बिरामीहरुले बढ्दै गएकाले इच्छाकामनाका नागरिकलाई पालिकामै सेवा उपलब्ध गराउने उदेश्यले आफुले सहयोग लागि पहल गरेको र सबैको सहयोगले सफल भएको बताउनुभयो । यस मेसिन हस्तान्तरणसगैँ गाउँपालिकामा पहिलो पटक थाइराइड सेवा सञ्चालनमा आएको छ । थाइराइड परिक्षणका लागि भरतपुर काठमाडौँ जानु पर्ने झन्झटको अन्त्य भएको छ ।
हस्तानन्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, स्वास्थ्यकर्मी ,विभिन्न संघसस्थका प्रतिनिधिहरुको उपस्थितिरहेको थियो ।

